यस वर्षको एसइई चैत १५ गतेबाट


८ माघ २०८०, सोमबार
exam board 1112

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो ।

चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना भएपनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने, ‘चैत पहिलो हप्ताबाट परीक्षा सुरु गर्ने योजनामा थियौ, तर होली पर्व पर्ने र सोभन्दा अघि परीक्षा नसकिने भएकाले चैत १५ गतेबाट एसइई परीक्षा गर्ने निर्णय गरेका छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७