अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा, मोदीले खोले भगवान रामको प्रतिमाको पट्टी


८ माघ २०८०, सोमबार
modi

काठमाडौं । अयोध्याको राम मन्दिरमा आज रामललाको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ । प्राण प्रतिष्ठा पुजामा मुख्य यजमान प्रधानमन्त्री नरेन्द्र मोदी, आरएसएस प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ बसेका थिए ।

उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका हुन् । सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए ।
राम मन्दिर निर्माण गरिएको स्थान लामो समयदेखि विवादित थियो । मुस्लिम समुदायले उक्त स्थानमा भत्काइएको बाबरी मस्जिद बनाउनुपर्ने बताउँदै आएका थिए । सन् २०१९ मा सर्वोच्च अदालतले सो ठाउँमा राम मन्दिर बनाउन आदेश दिएपछि मन्दिरको शिलान्यास भएको थियो ।

सोमबार मन्दिर उद्घाटन हुँदा पनि सम्पूर्ण रूपमा बनिनसकेको र मन्दिर नबन्दै प्राण प्रतिष्ठा गर्न नहुने महन्थहरूले बताउँदै आएका थिए । मन्दिर बनिसक्न अझै एक वर्ष लाग्ने भातरीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्राण प्रतिष्ठाका बेला भारतभर सार्वजनिक बिदा दिइएको छ । नेपालका पनि सीमावर्ती क्षेत्रका कतिपय पालिकाले बिदा दिएका छन् भने माछा मासु बिक्री वितरणमा रोक लगाइएको छ ।

कार्यक्रममा सहभागी हुन क्रीकेटर सचिन तेन्दुल्कर, बिराट कोहली, अभिनेता अमिताभ बच्चन, बिबेक ओबराइ, कंगना रनावत, रनदीप हुडा, चिरञ्जीवी, माधुरी दिक्षित, उद्योगपति मुकेश अम्बानी, टीना अम्बानी प्राण प्रतिष्ठामा सहभागी छन् । प्राण प्रतिष्ठा लागि राम मन्दिरलाई बेहुलीझै सजाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७