नेपाल इनभेस्टमेन्ट मेगा बैंकले खोल्यो काठमाडौंमा दुइटा नयाँ शाखा


९ माघ २०८०, मंगलवार
mega

काठमाडौं । नेपाल इनभेस्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुइटा नयाँ शाखा विस्तार गरेको छ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३१ मा शंखमूल शाखा र काठमाडौं महानगरपालिका वडा नं. २९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएको हो।

यी दुई शाखाहरू गरी बैंकको कुल शाखा संख्या २६४ पुगेको छ। नयाँ शाखाहरूबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरू भएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए।

साथै काठमाडौं उपत्यकामा चाँडै थप शाखा खोल्ने जानकारी दिए। हाल बैंकको २६४ शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २५५ वटा एटिएम छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७