टुङ्गो लाग्यो अफ्रिकन कप अफ नेसन्स खेल्ने अन्तिम १६ टोली


११ माघ २०८०, बिहीबार
afrikan 1536x864 1

काठमाडौँ । जारी अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ को समीकरण पुरा भएको छ । गएराती समूह चरणका खेलहरु सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो ।

जसमा समूह ’ए ’बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह ‘बी’ बाट केप भर्डे र इजिप्ट, समूह ‘सी’ बाट सेनेगल र क्यामरुन, समूह ‘डी’ बाट एंगोला र बुर्किना फासो, समूह ‘ई’ बाट माली र दक्षिण अफ्रिका, समूह ‘एफ’ बाट मोरक्को र डिआर कंगो राउण्ड १६ मा पुगेका छन् ।

त्यस्तै सबै समूहका तेस्रो स्थानमामा रहेका टिमहरुबाट शीर्ष चारमा रहेका टिमहरु समूह ‘ए’ को आइभरी कोष्ट, समूह ‘सी’ को गिनी, समूह ‘डी’ को मारुतानिया र समूह ‘ई’ को नामिबिया पनि नकआउट चरणमा प्रवेश गरेका छन् । अब राउण्ड १६ मा नाइजेरियाले क्यामरुनको सामना गर्ने छ भने एंगोलाले नामिबियाको सामना गर्ने भएको छ ।

त्यस्तै केप भर्डेले मारुतानियाको सामना गर्ने छ भने मोरक्कोले दक्षिण अफ्रिकाको सामना गर्नेछ । त्यस्तै मालीले बुर्किना फासोको सामना गर्ने छ भने सेनेगलले आइभरी कोष्टको सामना गर्नेछ । त्यसैगरी इजिप्टले डिआर कंगोको सामना गर्ने छ भने इक्वेटोरियल गिनीले गिनीको सामना गर्नेछ । राउण्ड १६ का खेलहरु जनवरी २७, २८, २९ र ३० मा हुने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७