सुदूरपश्चिमबाट राष्ट्रिय सभाका तीन सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी


११ माघ २०८०, बिहीबार
supa

कञ्चनपुर । सुदूरपश्चिममा राष्ट्रिय सभाको तीन सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका छन् ।

चन्दले ४,४५३ मत, भट्टले ४,४१९ मत, बोहराले ४,३४७ मत पाएका छन् । सत्तारुढ गठबन्धनमा दुई सिटमा कांग्रेस र एकमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो । उनीहरु विजयी भएको औपचारिक घोषणा हुने बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७