एमसीसीविरुद्धको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश


१२ माघ २०८०, शुक्रबार
Parliment house samsad bhawans

काठमाडौं । सर्वोच्च अदालतले एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत र बालकृष्ण ढकालको इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै अन्तिम सुनुवाइका लागि पठाउने राय दिएको छ ।

गत १८ पुसमा न्यायाधीश ढकालको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्ष बोलाएर छलफल गर्ने आदेश गरेको थियो । ०७८ फागुनमा एमसीसी परियोजनासम्बन्धी सम्झौतालाई संघीय संसदले अनुमोदन गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता भण्डारीले रिट दायर गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७