अमेरिकी युद्धपोतमाथि हुथी विद्रोहीको आक्रमण


१३ माघ २०८०, शनिबार
hu

काठमाडौं । यमनको हुथी विद्रोही समूहले अदनको खाडीमा पुनः अमेरिकी युद्धपोतमाथि आक्रमण गरेको छ । हुथी समूहले बेलायती मालवाहक जहाजमा समेत आक्रमण गरेको छ ।

इजरायल–हमास युद्धपछि अदनको खाडीमा सक्रिय रहेको हुथी समूहले अमेरिका तथा बेलायतका मालवाहक जहाज लक्षित आक्रमण बढाएको हो । गए राति भएको हुथी आक्रमणमा बेलायती जहाजमा आगो लागेको छ । मानवीय क्षति भएको बारेका विवरण भने सार्वजनिक भएका छैनन् ।

हुथीले पुनः युद्धपोतलाई नै निशाना बनाएर ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि अमेरिकी सैनिक हुथीविरुद्ध थप आक्रामक बन्ने अनुमान गरिएको छ । ह्वाइट हाउसका अधिकारी जोन किर्बीले हुथीविरुद्ध शक्तिशाली जवाफ दिने चेतावनी दिएका छन् । अमेरिका र बेलायतले यसअघि यमनको राजधानी सनामा हुथी समूहका हतियार भण्डारण, तालिम केन्द्रलगायतमा हवाइ आक्रामण गरिसकेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७