एमाले अध्यक्ष ओलीले चलचित्र ‘नमेटिने घाउ’ मा खेल्ने, गरियो शुभमुहूर्त


१४ माघ २०८०, आईतवार
nametine

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चलचित्र ‘नमेटिने घाउ’ मा खेल्ने भएका छन् । ओलीलाई प्रधानमन्त्रीको भूमिकामा राखेर फिल्म नमेटिने घाउ बनाउन लागिएको हो । फिल्ममा तेजाब आक्रमबाट पीडित किशोरी तथा महिलाको पीडा र उनीहरूको भोग्नु परेको अवस्था समेटिने बताइएको छ ।

यो चलचित्र नायक रमित ढुंगानाको हो । यस चलचित्रको निर्माता तथा निर्देशक पनि ढुंगाना नै हुन् । यस चलचित्रको छायांकन फागुन दोस्रो साताबाट सुरु हुने जनाइएको छ । आज चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । यस चलचित्रमा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७