उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार


१५ माघ २०८०, सोमबार
north korea

काठमाडौं । उत्तर कोरियाले पूर्वी सैन्य बन्दरगाहबाट धेरै क्रुज मिसाइल प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले आइतबार धेरै क्रुज मिसाइलहरू प्रहार गरेको छ । उसका अनुसार उत्तर कोरियाबाट तनाव बढाउनको लागि पछिल्लो कदम हो ।

एक विज्ञप्तिमामार्फत दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले भने, ‘हाम्रो सेनाले आज बिहान ९ बजे उत्तर कोरियाको सिन्पानो क्षेत्र वरपर प्रहार गरिएका धेरै अज्ञात क्रुज मिसाइलहरू पत्ता लगाएका छन् ।’ यद्यपी उनले कति क्षेप्यास्त्र प्रक्षेपण गरे भन्ने कुरा भने खुलाएनन् ।

संयुक्त राष्ट्र संघका प्रतिबन्ध अन्तर्गत प्योङयाङमा क्रूज मिसाइल परीक्षण गर्न कुनै प्रतिबन्ध छैन । क्रूज मिसाइलहरू जेट–प्रोपेल्ड हुन्छन् र कम उचाइमा उड्छन्, तिनीहरूलाई पत्ता लगाउन र अवरोध गर्न गाह्रो बनाउँछ । यसअघि बिहीबार उत्तर कोरियाले एक दिनअघि नै विकसित भइरहेको नयाँ क्रुज मिसाइल पुलहवासल–३–३१ को पहिलो परीक्षण गरेको बताएको थियो ।

उल्लेखनीय यो छ कि परीक्षण यस्तो समयमा भएको हो, जब उत्तर कोरियाको अमेरिका र उसका सहयोगीहरुसँगको द्वन्द्व बढ्दै गएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना हतियारको विकासलाई तीव्रता दिन जोड दिएका कारण हालैका महिनाहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ। यसबाहेक उनले अमेरिका र उसका एशियाली सहयोगीहरूलाई परमाणु द्वन्द्वको धम्की पनि दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७