स्वास्थ्यमन्त्री बस्नेतको चिन्ता : अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन


१५ माघ २०८०, सोमबार
mohan basnet 1

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । आज (सोमबार) शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे ।

उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको पनि बताएका छन् । कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । उनले जनसंख्या बढीरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताए । देशमा कामै नपाउने अवस्था रहेको भन्दै उनले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७