सापटी फिर्ता माग्दा मन्त्री साउदले ‘ज्यान मार्ने’ धम्की दिएको आरोप, प्रहरीमा उजुरी


१६ माघ २०८०, मंगलवार
saud

कैलाली । सुदूरपश्चिमका सामाजिक विकासमन्त्री झपट साउदले सापटी रकम माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङका एक जनाले प्रहरीमा उजुरी दिएका छन् । बझाङको बुँगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साउदविरुद्ध उजुरी दिएका हुन् ।

मन्त्री साउदले विभिन्न मितिमा आफूलाई साह्रै समस्या छ भनी ऋण सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको उनको भनाइ छ । बोहराले आफ्नो ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी हालेका हुन् । धनबहादुरको उजुरी माघ १५ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले पनि उजुरी आएको स्वीकार गरेका छन् । ‘मन्त्री ज्यूविरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी आएको छ । के भएको रहेछ, दुवै पक्ष बोलाउने तयारी भइरहेको छ,’ चन्दले भने । तर, सामाजिक विकास मन्त्री साउदले भने आफ्नो कुनै लेनदेन नभएको बताएका छन् । ‘त्यसो त केही थिएन, किन दिएछ, पछि कुरा गरौंला,’ मन्त्री साउदले भने ।

jhapad

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७