विश्वकप फुटबल २०२६ को उदघाटन खेल र समारोह मेक्सिकोमा


२२ माघ २०८०, सोमबार
world cup

काठमाडौं । बिश्वकप फुटवल २०२६ को उदघाटन समारोह र पहिलो खेल मेक्सिकोले गर्ने भएको छ । फिफाले गए राति घोषणा गरे अनुसार बिश्वकप २०२६ को उदघाटन खेल मेक्सिकोले गर्ने भएको हो ।

जस अनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा सो उदघाटन समारोह र पहिलो खेल हुनेछ । विश्नकपको उदघाटन खेल जुन ११ मा हुनेछ ।

अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टर फाइनलमा इङ्ल्याण्डविरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ । मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुईवटा विश्वकप आयोजना गरिसकेको छ । सन २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७