वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित


२२ माघ २०८०, सोमबार
manu

काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल गरेका थिए ।

यस सिजनमा यो म्यानचेस्टर युनाइटेडको यो १२औ जित हो । २३ खेलमा ३८ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड यो जितपछि छैटौं स्थानमा उक्लिएको छ । त्यसैगरी वेस्टह्याम युनाइटेडको भने २३ खेलमा ३६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७