महिना दिनपछि रौतहट गरुडा नगरपालिकाको तालाबन्दी खुल्यो


२३ माघ २०८०, मंगलवार
Garuda

रौतहट । एक महिनाको लामो तलाबन्दीपछि रौतहटको गरुडा नगरपालिकाको तालाबन्दी खुलेको छ । एक महिना भन्दा बढी दिनदेखि गरुडा नगरपालिका कार्यालयमा लगाइएको ताला सोमबार बेलुका ७ बजे खुलेको हो ।

नगर उपप्रमुख पुनमदेवी चौधरीसहित ६ जना वडा अध्यक्षहरुले विभिन्न माग राख्दै बिगत एक महिना देखि नगरपालिका कार्यालयमा तालाबन्दी गरी मुलगेटमा धर्ना दिंदै आएका थिए । नगर प्रमुख कन्थमनिप्रसाद जयसवालले आन्दोलनरत जनप्रतिनिधिहरुको माग सम्बोधन गर्ने लिखित सहमति गरे पछी नगर उपप्रमुख चौधरीसहित आन्दोलनरत वडा अध्यक्षहरुले आज ताल्चा खोलेका हुन् । जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा मेयर जयसवालर र आन्दोलनरत पक्षबीच विभिन्न बुदाँमा लिखित सहमति भएपछि आन्दोलनरत जनप्रतिनिधिहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिदै पालिका कार्यालयमा लगाएको ताल्चा खोलेको जनाएका छन् ।

ताल्चा खुलाउन जिल्ला प्रशासन कार्यालय रौतहटमा यसअघि दुबै पक्षबीच पटक–पटक वार्ता हुँदै आए पनि कुरा न मिलेपछि उक्त वार्ता असफल हुँदै आएको थियो । तर सोमबार पुनः जिल्ला प्रशासन कार्यालयमा दुबै पक्षबीच भएको वार्तामा सहमति जुटेको थियो । बार्ता सफल भएपछि गरुडा नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्षहरुबिच लामो समयदेखि हुँदै आएको आपसी द्वन्द, मनमुटाव, मतभेद र विवाद अन्त्य भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७