अन्ततः ‘द केरला स्टोरी’ ओटीटीमा रिलिज हुँदै, १६ फ्रेबुअरीमा हेर्न सकिने


२४ माघ २०८०, बुधबार
kerala

मुम्बइ । अदा शर्माको फिल्म ‘द केरला स्टोरी’ रिलिज हुने बित्तिकै विवादमा परेको थियो । विवादमा परे पनि अदा शर्माको द केरला स्टोरी बक्स अफिसमा हिट साबित भयो । बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेपछि फ्यानहरू फिल्मको ओटीटी रिलिजको उत्सुकताका साथ पर्खिरहेका थिए । द केरला स्टोरी रिलिज भएको ९ महिनाभन्दा बढी भइसक्यो तर फिल्म ओटीटीमा रिलिज भएको छैन ।

अब अन्ततः ९ महिनाको प्रतिक्षापछि द केरला स्टोरी ओटीटीमा रिलिज हुन लागेको छ । अदाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर यो जानकारी दिएकी हुन् । अदा शर्माले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर आफ्ना फ्यानहरूलाई चकित पारिन् । अदाले फिल्मको ओटीटी रिलिजको प्रोमो शेयर गरेकी छिन् । पोस्ट शेयर गर्दै उनले लेखेका छन्, ‘अन्तमा… सरप्राइज बहुप्रतिक्षित फिल्म ओटीटीमा चाँडै आउँदैछ । केरला स्टोरी १६ फेब्रुअरीमा जि ५ मा प्रिमियर हुनेछ ।’

अदाको पोस्ट हेरेपछि फ्यानहरु निकै उत्साहित भएका छन् । अहिले उनी फिल्म रिलिजको पर्खाइमा छन् । अदाको पोष्टमा एक फ्यानले लेखेका छन्, ‘तपाईले यो फिल्म अदा कसरी पाउनु भयो ? मेरो मतलब यो तपाईसम्म कसरी पुग्यो । जबकि एक जनाले लेखेका थिए– द केरला स्टोरी पाँच पटक हेरेको छु । एक जनाले लेखेका थिए– उत्सुकतापूर्वक पर्खिरहेको थिएँ ।’ द केरला स्टोरीको कुरा गर्दा यो फिल्ममा अदासँगै योगिता बिहानी, सोनिया बलानी, सिद्धि इडाही र देवदर्शनी मुख्य भूमिकामा देखिएका थिए । यो फिल्मलाई सुदिप्तो सेन र विपुल अमृतलाल शाहले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७