बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसहित सत्ता गठबन्धनको बैठक


२५ माघ २०८०, बिहीबार
sattarudh meeting dk8nSnbqNT
फाइल फोटो

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरू बैठकमा सहभागी छन् ।

बैठक गठबन्धनको औपचारिक बैठक नभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले सातै प्रदेशको मुख्यमन्त्रीहरूलाई बोलाउनु भएको थियो । त्यही क्रममा गठबन्धनका केही शीर्ष नेताहरू पनि सहभागी हुनुहुन्छ । तर यो गठबन्धनको औपचारिक बैठक भने होइन ।’ बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७