टीकापुरको सरकारी जग्गा प्लटिङ गरेर व्यक्तिलाई बाँड्ने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा (पूर्णपाठ)


२५ माघ २०८०, बिहीबार
Akhtiyar

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित टीकापुर नगर विकास समितिको जग्गा अनियमितता अभियोगमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आज (बिहीबार) उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मी समेतको मिलेमतोमा जग्गा हिनामिना भएको अख्तियारले अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

टीकापुर नगरपालिका–१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष पदाधिकारी एवम् कर्मचारीहरुको संलग्नतामा जग्गा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचविखन गरेको अभियोग पत्रमा उल्लेख छ ।

समितिको स्वामित्वमा रहेको जग्गा व्यक्ति विशेष तथा संघ-संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्थाबमोजिम उपलब्ध गराउनु पर्नेमा त्यसविपरीत नक्कली कागजात खडा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको अभियोग पत्रमा उल्लेख छ ।

टीकापुर बजार क्षेत्रको करिब ३० बिघा (६०० कट्ठा) सरकारी जग्गा नक्कली कागज बनाएर नेता– कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको भन्दै अख्तियारले छानबिन अगाडि बढाएको हो । अनुसन्धानपछि अख्तियारले सात बिघा जग्गा व्यक्तिको नाममा वितरण गरेको दाबीसहित मुद्दा पेस गरेको हो । यो घटनामा सबैजसो दलमा आबद्ध टीकापुर विकास समितिका पदाधिकारी संलग्न छन् ।

हेर्नुस् मुद्दाको पूर्णपाठ

1
2
3
4
5
6
7

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७