हवाई भाडा बढ्दै, कहाँको कति बढ्दैछ ?


२० जेष्ठ २०७५, आईतवार
airport 1

काठमाडौं, २० जेठ । सरकारले इन्धनको मूल्य बढाएसँगै हवाई भाडा पनि बढ्ने भएको । वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको छ । सरकारले शनिबार हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैंयाँ बढाएपछि आन्तरिक हवाई भाडा पनि बढ्ने भएको हो । airport 1

वायुसेवा सञ्चालक संघका कार्यकारी निर्देशक कमलेश बर्माकाअनुसार यो भाडा नागरिक उड्ययन प्राधिकरणले स्वीकृति गरेपछि लागू हुनेछ । ‘हवाई इन्धनको मूल्य बढेपछि इन्धन खर्च बढ्यो, जसले गर्दा थप केही हवाई भाडा बढाउन लागेका हौं’, कार्यकारी निर्देशक बर्माले भने । नयाँ भाडा अनुसार माउन्टेन फ्लाइटको भाडा १ सय ७० रुपैयाँ बढ्ने भएको छ । यसअघि ११ हजार ३ सय मा रहेकोमा माउन्टेन फ्लाइटको भाडा अब ११ हजार ४ सय ७० कायम हुने भएको छ ।

त्यस्तै नेपालगञ्ज काठमाडौंको भाडा १ सय ६५ रुपैयाँ बढ्ने भएको छ । पोखराको भाडामा ८० रुपैयाँ थप इन्धन शुल्क लाग्नेछ भने भैरहवासम्मको भाडामा १ सय रुपैयाँ वृद्धि हुनेछ । यस्तै काठमाडौं धनगढीको भाडा अब १२ हजार ८ सय ७० हुने भएको छ । यसअघि यो रुटको भाडा १२ हजार ६ सय ५० रुपैयाँ रहेको थियो । यो रुटमा थप २ सय २० रुपैयाँको इन्धन शुल्क बढेको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७