आयल निगमको कार्यकारी निर्देशकमा भट्ट र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त


६ फाल्गुन २०८०, आईतवार
chadika prasad bhatta 7kbZtP7jPV

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकको पदमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले अन्तिम सूचीमा रहेका तीनमध्ये भट्टलाई आयल निगमको कार्यकारी निर्देशक बनाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडी शर्माको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका १३ उम्मेदवारसँग व्यावसायिक कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो ।

तीमध्ये समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईं र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । समितिको सिफारिसका आधारमा निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योगमन्त्री रमेशप्रसाद रिजालले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त
यस्तै सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७