पोर्चुगल पठाइ दिन्छु भन्दै ८ लाख ठगी गर्ने कर्ण पक्राउ


७ फाल्गुन २०८०, सोमबार
Samir Kumar Karna thag1708269074

काठमाडौं । पोर्चुगल पठाइ दिने प्रलोभनमा पारेर ८ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले चितवनको खैरेनी नगरपालिका–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट २६ वर्षीय समिरकुमार कर्णलाई पक्राउ गरेको हो ।

उनले सम्पूर्ण तामाङलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने भनी पटक–पटक गरी जम्मा ८ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएर ठगी गरेका थिए ।

ठगीको उजुरीपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका–३१ बानेश्चर पानीट्यांकीबाट पक्राउ गरेको छ । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७