बलम्बु प्रहरी प्रभाग गोली काण्ड : डीएसपी पौडेलको नेतृत्वमा छानबिन समिति गठन


७ फाल्गुन २०८०, सोमबार
Balambu Police

काठमाडौं । आइतबार साँझतिर प्रहरी प्रभाग बलम्बुभित्रै गोली चलेको घटना छानबिन गर्न समिति बनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले डीएसपीको नेतृत्वमा छानबिन समति समिति बनाएको हो ।

परिसरका एसएसपी भुपेन्द्र खत्रीका अनुसार परिसरका डीएसपी गंगा पौडेलेको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ। समितिमा इन्स्पेक्टर सुरेश भट्ट र अर्का एक जना सई छन् । बलम्बु प्रभागका प्रहरी निरीक्षक इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट आइतबार दिउँसो गोली चलेको थियो । सो क्रमका बडीगार्ड प्रहरी जवान र अर्का एक जना सेवाग्राही घाइते भएका थिए ।

बडीगार्डको खुट्टामा चोट लागेको र सेवाग्राहीको खुट्टाको बुढीऔंलामा चोट लागेको थियो । दुवै जनाको अवस्था सामान्य रहेको छ । सेव्राग्राही आइतबार नै डिस्चार्ज भइसकेका छन् भने बडीगार्डको सतुंगलस्थित मिड प्वाइन्ट अस्पतालमा उपचार भइरहेको छ ।
के थियो घटना ?
जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले चलानी नम्बर ४२३२ र मिति २०८०–११–०६ को पत्रादेश अनुसार सुरक्षा योजना अनुसार इन्स्पेक्टर श्रेष्ठ माइतीघर मण्डलामा ड्युटीमा खटिएका थिए । हिजो माघ ६ गते उनी बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म माइतीघर मण्डलामा ड्युटीमा थिए। ड्युटी सकिएपछि उनी आफ्नो कार्यालय प्रभाग बलम्बुमा फर्किएका थिए । ड्युटीबाट फर्किएपछि आफ्नो साथमा रहेको टाइप ५४ पेस्तोल कार्यालयको जिन्सी शाखामा बुझाएका थिए ।

उक्त हतियार (पेस्तोल) पुरानो मोडलको भएकाले अर्को टाइपको कुनै छोटो हतियार छ भने ल्याउनु भनी इन्स्पेक्टर श्रेष्ठले मागेका थिए। त्यसपछि जिन्सी शाखाले जिन्सी आम्दानी खातामा बाँधिएको सिएफ–९८ नं ००१२७४०८२३६ पेस्तोल र सोही पेस्तोलको १५ राउण्ड गोली लोड भएको १ थान म्यागजिन सहितको पेस्तोल इन्स्पेक्टर श्रेष्ठलाई दिइएको थियो ।

उक्त पेस्तोल बुझाउँदा पेस्तोलको सेफ्टिक्याच ‘आर’ मा भएको कक गरेरे सेफमा लान खोज्दा सेफ नभएको र म्याग्जिन लगाएर कक गर्ने क्रममा अकस्मात फायर भएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । त्यतिबेला पेस्तोलको नोजल भुँइतर्फ फर्केकाले ठूलो दुर्घटना हुनबाट जोगिएको पाइएको छ । पेस्तोलको नोज भुँईतर्फ फर्काई निरीक्षण चेकजाँच गरिरहेको हुँदा पेस्तोलबाट फायर भुँईतर्फ फायर भएको थियो । सो क्रममा ९ एमएमको १ राउण्ड गोली मुल ढोका अगाडि भुईँमा रहेको मार्वलमा लागेको थियो ।

गोली मार्बलबाट उछिट्टिएर ढोकासँगै रहेको ड्युटी अधिकृत कक्षको टेबलको प्लाईको बारमा लागि रिवर्स भएको थियो । रिर्वस भएको उक्त गोली इन्स्पेक्टरका बडीगार्डको प्रहरी जवानको बाँया खट्टाको घुँडामुनि लागेको प्रहरीले जनाएको छ । ड्युटी अधिकृत कक्षसँगै रहेका सेवाग्राहीको खट्टाको बुढीऔंलामा समेत राउण्डको टुक्रा लागेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७