त्रिविको उपकुलपतिमा असफलसिद्ध मान्छे ल्याउँदै छन् : ओली


७ फाल्गुन २०८०, सोमबार
kp

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफलसिद्ध मान्छेलाई ल्याउने टिप्पणी गरेका छन् ।

एमाले निकट राष्ट्रसेवक सहकारीको भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनका सबै सत्ताका लागि जेसुकैमा पनि कम्प्रपाइज गर्नेहरु रहेको बताए । ओलीले भने, ‘अहिले त नयाँ तरिका निकालेका छन् भागबडा नगर्ने, एकलौटी गर्ने । असफलसिद्ध मान्छेहरुको छनोट गर्ने, अहिले त्रिविको उपकुलपतिमा तीन जना सिफारिस भएको छ क्यार ! तीन जनामा तेस्रो चाहिँ नियुक्ति हुन्छन् जस्तो लाग्छ मलाई छाँटकाट हेर्दा । किनभने धेरै असफल भएको मान्छे चाहियो नि ! त्यो मेरो अनुमान हो ।’

उपकुलपतिमा चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम सिफारिस भएको छ । यस्तै उनले यतिबेला गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेको टिप्पणी गरे । ओलीले भने, ‘सहकारी नचाहिएकाहरु सहकारीका नाममा प्रवेश गरेका छन् । जसले नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजेका छन् । तिनीहरूले धेरै मान्छेलाई डुबाए । आफू बदनाम भए । केहीले पैसा कमाए होलान् । तर, इज्जत गुमाए ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७