इन्द्रेणीबाट निकालिएका पाँच कलाकारसँग कृष्ण कँडेलको सहमति, एक्लिइन् शर्मिला


११ फाल्गुन २०८०, शुक्रबार
krishna kandel

काठमाडौं । इन्द्रेणीबाट निकालिएका छ जनामध्ये पाँच कलाकार र सञ्चालक कृष्ण कँडेलबीच समझदारी भएको छ । कँडेलसँग दुई दिन वार्ता गरेपछि उनीहरुले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।

समझदारीपछि हिजो राति दुबै पक्षले सहमपतिपत्रमा हस्ताक्षर गरेको भएको स्रोतले जानकारी दिएको छ । दुवै पक्षले एक–अर्काविरुद्ध कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिवद्धता सहमतिपत्रमा गरिएको छ । निकालिएका कलाकारहरुले चाहेमा इन्द्रेणीमा फर्काउन कँडेल तयार भएका छन् । तर, कलाकारहरुले तत्काल नफर्किने बताए । कँडेलविरुद्ध धेरै कुरा बोलेकाले अहिले फर्किदा असहन हुने उनीहरुको भनाइ थियो ।

इन्द्रेणीबाट शर्मिला श्रेष्ठ, लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, जीवन टन्डन र थप दुई जना निकालिएका थिए । उनीहरुले एकसाथ फेसबुक लाइभ आएर कँडेलमाथि विभिन्न आरोप लगाएका थिए । उनीहरुमध्ये शर्मिला श्रेष्ठले कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको दावी समेत गरेकी छन् । आरोपको प्रतिवादमा कँडेलले पत्रकार सम्मेलन गरेका थिए ।

उनले अदालतमा मानहानीको मुद्दा पनि दिएका छन् । सो मुद्दा परेपछि निकालिएका कलाकारहरु कँडेलसँग सम्झौता गर्न तयार भएका हुन् । अस्ती र हिजो दुई पक्षबीच वार्ता भएको थियो । शर्मिलालाई वार्तामा बोलाइए पनि गइनन् । बरु उनले हिजो फेरि एक्लै पत्रकार सम्मेलन गरेर कँडेलमाथि थप आरोप लगाएकी छन् । कँडेलले स्कुटरमा चढ्दा पनि आफूमाथि दुर्व्यवहार गरेको उनको भनाइ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७