सिंहदरबार जान रोकिएपछि सडकमै सुते मिटरब्याजी पीडित


११ फाल्गुन २०८०, शुक्रबार
miter byaj

काठमाडौं । न्याय माग्दै लामो पैदलयात्रा गरी देशभरबाट काठमाडौँमा भेला भएका मिटरब्याजी पीडितहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन् । उनीहरूले त्रिभुवन पार्कबाट हिँड्दै आएर रत्नपार्कमा विरोध प्रदर्शन गरेका हुन् ।

Miter byaj pidit

मिटरब्याजविरुद्ध न्याय मार्च नाम दिएर उनीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । शुक्रबार भृकुटीमण्डपबाट सिंहदरबार जाने क्रममा भृकुटीमण्डप क्षेत्रमै प्रहरीले रोकेपछि उनीहरूले सोही स्थानको सडकमै सुतेर विरोध जनाएका छन् ।

प्रदर्शनकारीहरूले किसानको भूमि फिर्ता गर, पीडितहरू एक हौँ, हाम्रो आन्दोलन जारी छ, मेची–महाकाली–काठमाडौँ पैदलयात्रा सफल पारौँ, पीडितलाई न्याय दे लगायतका नारा लगाएर विरोध जनाएका छन् । उनीहरू पैदलयात्रा गरेर बुधबार साँझ काठमाडौँ आइपुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७