जर्मनीमा गाँजालाई कानूनी वैधता


१२ फाल्गुन २०८०, शनिबार
ganja

काठमाडौं । जर्मनीले अप्रिल एक तारिखदेखि गाँजालाई वैधता दिने भएको छ । योसँगै जर्मन नागरिकहरुले सार्वजनिक स्थलमै गाँजा सेवन गर्न पनि पाउने छन् ।

जर्मनीले गाँजाको प्रयोगलाई वैधता दिए पनि प्रयोगका केही सर्तहरु भने राखिएका छन् । सार्वजनिक स्थलहरुमा २५ ग्राम र निजी घरमा ५० ग्रामसम्म मात्रै गाँजा राख्न पाइने छ । कडा कानुनका कारण युवाहरु गाँजाको कुलतमा फस्न थालेपछि सरकारले नै यसलाई खुकुलो बनाएको त्यहाँका स्वास्थ्यमन्त्री कार्ल लाउटरबाकले बताएका छन् । उनले गाँजाले वैधता पाए पनि देशमा गाँजा क्याफे भने खोल्न नदिने बताए ।

सरकारले गाँजालाई वैधता दिने निणर्य गरेसँगै विपक्षीहरुले भने त्यसको विरोध गरेका छन् । उनीहरुले लागूपदार्थ प्रयोगलाई सरकारले नै प्रोत्साहन गरेको आरोप लगाएका छन् । विपक्षी कन्जरभेटिभहरू अर्को वर्ष सरकारमा आएमा यो कानुनलाई पूर्ण रूपमा खारेज गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७