कपिलवस्तुमा शिवकुमार कुर्मी हत्या प्रकरण : प्रेमिका र भाइ पक्राउ


१२ फाल्गुन २०८०, शनिबार
death

कपिलवस्तु । कपिलवस्तुको महराजगञ्ज नगरपालिका–६ भलवारीका २७ वर्षीय शिवकुमार कुर्मीको हत्या आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका–४ पिपरीका श्यामकुमार उपाध्याय र उनकी दिदी पुष्पादेवी (गुडिया) रहेको प्रहरीले जानकारी दिएको छ । गत फागुन ५ गते महाराजगञ्ज नगरपालिका–४ पिपरी गाउँ नजिकै कुलोमा गाडिएको अवस्थामा टाउको काटिएको शव फेला परेको थियो ।

त्यसको ६ दिनपछि शुक्रबार प्रहरीले शरीर गाडिएको नजिकै अर्को खाल्डो खनेर गाडिएको अवस्थामा टाउको फेला पारेको थियो । त्यसपछि शवको पहिचान खुलेको थियो । प्रहरीले शवको पहिचान भए लगत्तै श्यामकुमार र उनकी दिदी पुष्पादेवीलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर वलीले जानकारी दिएका छन् ।

दुबै जनालाई शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि थुनामा राखिएको उनले बताए । पक्राउ परेकी गुडिया र मृतकबीच विवाहेत्तर सम्बन्ध रहेको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । शिवकुमार र गुडिया दुवै विवाहित हुन् । गुडियाका श्रीमान वैदेशिक रोजगारमा छन् । भाइसँग मिलेर गुडियाले शिवकुमारको हत्या गरेको प्रहरीको अनुमान छ ।
शव गाडिएको स्थानदेखि दक्षिणतर्फको खेतमा मृतक र हत्याराहरूबीच संघर्ष भएको निशान समेत प्रहरीले फेला पारेको थियो । यी सबै विषयमा थप अनुसन्धान भइरहेको डिएसपी वलीले बताएका छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७