यसरी हुँदैछ नेकपामा गाउँ तहसम्म एकता, यस्तो पठाइयो सर्कुलर


२१ जेष्ठ २०७५, सोमबार
Nepal Communist Party 1

काठमाडौ, २१ जेठ । नेकपाले केन्द्रदेखि गाउँ तहसम्मका पार्टी कमिटी र जनवर्गीय संगठनको एकता तीन महिनाभित्र सक्ने कार्ययोजना बनिएको छ । Nepal Communist Party 1

केन्द्रमा केन्द्रीय विभाग, आयोगहरूको पूर्णता बाहेक अन्य सबै काम सकेको नेकपाले अब प्रदेश, जिल्ला हुँदै गाउँ तहसम्मका पार्टी कमिटी र जनसंगठनहरूको एकता प्रक्रिया अघि बढाएको छ । नेकपाले पार्टीका प्रदेश, जिल्ला हुँदै जनवर्गीय संगठनको एकतामा केन्द्रित भएको छ । त्यसका लागि १६ जेठमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त हस्ताक्षरसहित पार्टीका आन्तरिक कमिटीलाई सर्कुलर गरिसकिएको छ ।

‘पार्टी एकताका आधारभूत कार्य सम्पन्न गर्न तीन महिनाको समयसीमा निर्धारण गरिएको छ’, अध्यक्षद्वयको आन्तरिक सर्कुलरमा छ । पार्टी कमिटी, प्रवास कमिटी र जनवर्गीय संगठनको एकता गर्न उसले छुट्टाछुट्टै कार्यदल गठन गरेको छ । ‘तीन महिनाभित्र जनसंगठनहरूको एकतादेखि पार्टीका प्रदेश, जिल्ला कमिटी एकीकरण गर्ने प्रक्रिया कार्यदल गठन गरेर सुरु गरिसकेका छौं’, नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

३ चैतमा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि एकीकृत पार्टीको केन्द्रीय समिति, स्थायी समिति, स्थायी आमन्त्रित सदस्यदेखि पार्टीका केन्द्रीय कार्यालयसम्म नेकपाले टुंगो लगाइसकेको छ । संघीय संसद्तर्फ पनि प्रतिनिधिसभा र राष्ट्रियसभामा दलको नेता चुन्नेलगायत अन्य कार्य्विभाजनको काम नेकपाले टुंग्याइसकेको छ ।

नेकपाले पार्टी संरचनाभित्र ७ वटै प्रदेश र प्रवासमा छुट्टै एउटा गरी ८ कार्यदल गठन गरेको छ । जनवर्गीय संगठनको एकताका लागि पनि छुट्टै २२ वटा त्यस्तै कार्यदल गठन गरिएको छ । साविकका दुवै पार्टीका इन्चार्ज, संयोजक तथा जनवर्गीय संगठनतर्फ इन्चार्ज र संगठनका अध्यक्ष रहने गरी ४-४ जना सदस्य रहेको कार्यदलले एकता प्रक्रियाको गृहकार्य गरेर केन्द्रीय सचिवालयमा सुझावसहितको प्रतिवेदन बुझाउने छ ।

केन्द्रीय सदस्यले प्रदेश र जनसंगठनमा बस्न नपाउने

नेकपाले एक व्यक्ति एक मुख्य कार्यकारी पदको व्यवस्था विधानमै गरेपछि पार्टीका केन्द्रीय सदस्यले प्रदेश कमिटी, जिल्ला अध्यक्ष तथा जनसंगठनको नेतृत्वमा बस्न नपाउने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७