एनआरटी केपी ओली कपको सेमिफाइनलमा


१३ फाल्गुन २०८०, आईतवार
kp.jpg 3

काठमाडौँ । एनआरटी केपी ओली फुटबल कपको सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एनआरटी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

एनआरटीको जितमा खेलको २८औं मिनेटमा बिबेक गुरुङले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । बिबेकले फ्री–किकबाट गोल गरेका थिए । अब एनआरटीले सेमिफाइनलमा जवालाखेल युथ क्लब र केपी ओली एफसीबीचको विजेताले खेल्ने छ । सेमिफाइनल खेल फागुन १७ मा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७