मिटरब्याज पीडितहरूको आन्दोलनमा पूर्व प्रधानमन्त्री खनालको साथ


१३ फाल्गुन २०८०, आईतवार
jn 1 scaled

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आइतवार मिटरब्याज पीडितहरूको ‘न्याय मार्च’ आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

देशका विभिन्न ठाउँबाट आएका मिटरब्याजी पीडितहरूले आइतबार पनि मार्चलाई जारी राखेका छन् । केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका उनीहरूलाई राजनीतिक नेतृत्वले पनि साथ दिइरहेका छन् ।

सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उनीहरूको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । पीडितका माग सम्बोधनका लागि तत्कालै उच्चस्तरीय आयोग गठन गर्न खनालले सरकारलाई आग्रह गरे । भृकुटीमण्डप पुगेर मिटरब्याज पीडितको आन्दोलनलाई साथ दिँदै खनालले सरकारले हजार काम छाडेर पनि मिटरब्याज पीडितका माग पूरा गर्नुपर्ने बताए ।

मिटरव्याज पीडितरू करिब एक महिनादेखि आन्दोलन गर्दा पनि सरकार मौन बसेको खनालले बताए । पीडितहरूले उच्चस्तरीय आयोग गठन माग गरिरहेका बेला सरकारले त्यसलाई पूरा गर्नुपर्ने बताए ।नेपालमा थुप्रै कम्युनिष्ट पार्टीहरू रहेको बताउँदै खनालले उनीहरू श्रमजीवी जनताका पार्टी या दलाल पुँजीपति वर्गको भनेर प्रश्न गरे । मिटरब्याजीको आन्दोलनमा एमाले केन्द्रीय सदस्य एवम् संघीय सांसद भगवती चौधरी पनि पुगेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७