पार्टीकी सांसद गोमा लाभलाई हटाउन संसद सचिवालयलाई जनमतको पत्राचार


१४ फाल्गुन २०८०, सोमबार
janamat goma

काठमाडौं । जनमत पार्टीले पार्टीको तर्फबाट समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन संघीय संसद सचिवालयलाई पत्र पठाएको छ । पार्टीको विधानविपरीत कार्य गरेको भन्दै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट सधारण सदस्य समेत नहरने गरी सांसद लाभलाई कारबाही गरिएको जनमतले जनाएको छ ।

केन्द्रीय कार्यकारीणी समितिले सांसद लाभलाई कारबाही गरी पार्टीबाट निष्काशित गरिसकेको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दाफा ३४ बमोजिम यो उनलाई पदबाट हटाउन संसद सचिवालयलाई पत्राचार गरेको हो ।
सोही ऐनको दफा ३८ (२) ले तोकेको प्रक्रिया बमोजिम सम्बन्धित सदन वा सभामा पेस गर्न पनि जनमतले आग्रह गरेको छ ।

पार्टी अध्यक्ष डा. सीके राउतद्वारा हस्ताक्षरित उक्त पत्रमा सांसद लाभले पार्टीको विधान विपरित कार्य गरेको भन्दै कारर्वाही गरिएको पार्टीबाट समेत निष्कासित गरेको उल्लेख छ । यता, सांसद लाभका स्वकीय सचिव समीर झाले सचिवालयको कर्मचारी, पार्टीको लेबी तथा आर्थिक विषयमा पार्टी अध्यक्ष राउतसँग कुरा नमिलेपछि यस्तो घटना भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७