माओवादीले फेर्दै प्रदेश इञ्चार्ज, कहाँ कसलाई जिम्मेवारी ?


१५ फाल्गुन २०८०, मंगलवार
maobadi 3 scaled

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी फेरबदल गर्ने भएको छ । आज (मंगलबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा प्रदेश इञ्चार्जमा नयाँ नेताहरूलाई पठाउने प्रस्ताव भएको सचिव दिनानाथ शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार कोशीमा हरिबोल गजुरेल, मधेसमा लीलामणि पोखरेल, बागमतीमा अग्नीप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम आजको बैठकमा प्रस्ताव भएको छ ।

यस्तै विशेष प्रदेशमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव समेत रहेका देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इञ्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इञ्चार्ज बनाउने प्रस्ताव बैठकमा पेश भएको छ ।

भोलि बिहान ८ बजे बस्ने बैठकले यो प्रस्तावलाई पारित गर्ने बताए । आज प्रदेश इञ्चार्जको नाम प्रस्ताव भएको र अब भोलि बस्ने बैठकले टुंग्याने उनले बताए । अन्य केही कमिटी र सहइञ्चार्जसहित केही विषय टुंगिन बाँकी रहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७