पुलिसलाई हराउँदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा


१५ फाल्गुन २०८०, मंगलवार
Mchhindra.jpg

काठमाडौँ । मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

मछिन्द्रको जितमा क्रिस्टोफर चिजोबाले २ गोल गरेका थिए भने स्टेफेन बिनोंगले एक गोल गरेका थिए । त्यसैगरी पुलिसका कप्तान रामचन्द्र वाजीले एक गोल आत्मघाती गोल गरेका थिए । यस खेलमा खेलको ९३औं मिनेटमा मछिन्द्रका ओमोलाजा करीमले रातो कार्ड पाएका थिए । अब सेमिफाइनलमा मछिन्द्रले मानेभन्ज्याङ एफसीको सामना गर्ने छ । सेमिफाइनल खेल विहीबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७