नामिबियापछि नेदरल्याण्ड्ससँग पनि नेपाल पराजित


१६ फाल्गुन २०८०, बुधबार
cr 4

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग हारेको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध पनि पराजय भोगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्ससँग २ रनको पराजय भोगेको हो । पहिलो खेलमा मंगलबार नेपालले नामिबियाविरुद्ध २० रनको हार भोगेको थियो । बुधबारको खेलमा नेदरल्याड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५० तथा आशिफ शेखले ३४ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ६३ रन जोडे । नेदरल्याण्ड्सका लागि रोएलोफ भान र सायब्रान्ड इन्गलब्रेचले २–२, आर्यन दत्त, टिम भान र भिभियन किंग्माले १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन, सायब्रान्ड इन्गलब्रेचले ४९ रन तथा कप्तान स्कट इडवार्ड्सले ३३ रन बनाए । नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट हात पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७