माइतीघरको निषेधित क्षेत्र तोड्न सडकमा उत्रिए राजेन्द्र महतो, रोक्ने तयारीमा प्रहरी (तस्वीरहरु)


१६ फाल्गुन २०८०, बुधबार
Rajendra mahato 1

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका राजेन्द्र महतोसहित निषेधित क्षेत्र तोड्न भन्दै दलबलसहित माइतीघर मण्डला पुगेका छन् ।

Rajendra mahato 2

सोमबार लोसपा त्यागेका महतो बुधबार अपरान्ह माइतीघर मण्डलामा ब्यानरसहित पुगेका हुन् । महतोसहित पुगेका व्यक्तिहरुले बोकेको ब्यानरमा ‘माइतीघर मण्डलाको निषेधित क्षेत्र तोडौँ’ उल्लेख गरिएको छ । २०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबीचको ८ बुँदे सम्झौता कार्यान्वयन गराउन दबाबस्वरूप प्रदर्शन गरिएको बताइएको छ ।

Rajendra mahato 3

अभियानको उपत्यका विशेष ब्युरोको आह्वानमा कालो ब्यानरसहित महतो र समर्थक माइतीघरतर्फ अघि बढेका छन् । उनीहरूलाई रोक्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ । कुनै पनि हालतमा निषेधित क्षेत्र पस्न नदिने तयारीका साथ प्रहरी लागेकाले मुठभेडको जोखिम बढेको छ । र्‍यालीमा निस्कनुअघि महेश्वरी भवन कमलपोखरीमा महतोले कार्यकर्तालाई आफ्नो अभियानको रणनीति साथै भावी योजनाबारे प्रशिक्षण गरेका थिए ।

Rajendra mahato 4
Rajendra mahato 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७