संसदमा प्रधानमन्त्री हराएको चर्चा, जवाफ नआएसम्म सदन चल्न नदिने चेतावनी

आउँदो सोमबार प्रधानमन्त्रीलाई जवाफ दिन सभामुखको निर्देशन


१८ फाल्गुन २०८०, शुक्रबार
amale

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले समसामयिक विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नआएपछि प्रधानमन्त्री हराएको सूचना निकाल्नुपर्ने भन्दै व्यंग्य गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमाले सांसद सूर्य थापाले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनासहितमा दोषी देखिएका र मुछिएका मन्त्रीलाई बर्खास्त गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नआएपछि बैठक अघि बढ्न नसक्ने बताए ।

सभामुख देवराज घिमिरेले गरेको रुलिङविपरीत प्रधानमन्त्री प्रचण्ड जवाफ दिन बैठकमा नआएपछि एमालेसहित प्रतिपक्षी दलले आपत्ति जनाएका छन् । बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् ।

उनीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ । तर, यसबारे पटक–पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन् । तर, प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए । प्रतिपक्षी दलका सांसद उठेर विरोध जनाइरहेका छन् ।
आउँदो सोमबार प्रधानमन्त्रीलाई जवाफ दिन सभामुखको निर्देशन
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्देशन दिएका छन् ।

savamukh

शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमालेका सांसद सूर्य थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा उठाइएका प्रश्न र जिज्ञासाको जवाफ दिन सरकारले आनाकानी गरेकाले यथास्थितिमा बैठक अघि बढ्न नसक्ने बताए । यसपछि सभामुख घिमिरेले यसअघि जारी गरिएको रुलिङ स्मरण गराउँदै आउँदो सोमबार (२१ फागुन)मा जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई निर्देशन दिएका छन् । उक्त निर्देशनपछि प्रतिपक्षी दलका सांसदको विरोध रोकिएपछि बैठक अघि बढेको छ ।

बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् ।

उनीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ । तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन् । तर, प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७