नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य, कुशलको अर्धशतक


१८ फाल्गुन २०८०, शुक्रबार
Nep Nam

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लको अर्धशतक मद्दतमा नेपालले १८० रनको लक्ष्य दिएको हो । उनी ५५ रनमा नट आउट रहे । त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७