ओलीको अर्थपूर्ण अभिव्यक्ति : अहिले को सरकारमा हुन्छ–हुँदैन भन्न सकिने अवस्था छैन

‘प्रधानमन्त्रीसँग भेट भइरहन्छ, केही भए मलाई भन्नुस्’


१८ फाल्गुन २०८०, शुक्रबार
kp oli

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नियमित भइरहेका भेटले सम्बन्ध सुधार भएको संकेत गरेका छन् । आज (शुक्रवार) भरतपुर महानगरको कार्यक्रममा सहभागी हुन चितवन जानुअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले प्रचण्डसँग नियमित भेट भइरहेको स्पष्ट पारे ।

‘सरकारलाई भन्नु पर्ने कुरा भए मलाई बताउनुस्, मेरो प्रधानमन्त्रीसँग भेट भइरहन्छ,’ नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको कार्यक्रम उद्घाटन समारोहमा ओलीले भने । अध्यक्ष ओलीले अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन ? भन्ने भन्न सकिने अवस्था नभएको बताएका छन् । सत्ता गठबन्धनमा खटपट बढिरहेको बेला ओलीले राजधानीमा आयोजित एक कार्यक्रममा अर्थपूर्ण अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘सरकारमा हुँदा होस् वा नहुँदा होस् नेपालको अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सकिँने अवस्था छैन । यहाँ संसदमा पनि नभएको पार्टी पनि नभएको एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँडेको छ । संविधानमा कुनै त्यस्तो व्यवस्था छैन । कानूनमा व्यवस्था छैन । के सपना देख्छ कुन मान्छेले भन्न सकिँदैन । राष्ट्रिय मान्यता प्राप्त नभएका दलका व्यक्ति प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने पर्दो हो कि ? त्यस्तै लाग्छ । तर, एमाले त्यस्ताभित्र पर्ने होइन ।’

कार्यक्रममा संक्षिप्त मन्तव्य राखेर ओली चितवनतर्फ लागेका छन् । प्रधामनन्त्री प्रचण्डकी छोरी मेयर रहेको भरतपुर महानगरले आयोजना गरेको कार्यक्रममा सहभागी हुन ओली चितवन जान लागेका हुन् । पछिल्लो समय ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७