नेदरल्याण्ड्सविरुद्ध नेपाललाई चौंथो सफलता : प्रतिशले लिए एकै ओभरमा दुई विकेट


१९ फाल्गुन २०८०, शनिबार
nep neth

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सको ४ विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि प्रतिश जिसीले नवौं ओभरको खेलमा २ विकेट लिएका हुन् ।

उनले नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सलाई आठौं ओभरको पहिलो बलमा आउट गराएका हुन् । एडवार्ड्स एक छक्कासहित १८ रन बनाएर पेवेलियन फर्किए । त्यसैगरी जिसीले आठौं ओभरको पाचौं बलमा म्याक्स ओ डाउडलाई आएट गराए । ओ डाउडले १ छक्का र ४ चौकासहित ३१ रन बनाएर बाहिरिए ।

त्यसअघि पहिलो ओभरको केसीको चौथो र छैटौं बलमा नेदरल्यान्ड्सका बलमा माइकल लेभिट र साइब्रान्ड एंगलब्रेक्ट आउट भएका थिए । लेभिटलाई दीपेन्द्र सिंह ऐरी र एंगलब्रेक्टलाई आसिफ शेखले क्याच आउट गराएका हुन् । नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले नामिबिया र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको थियो । शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपाल आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ । नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख , अभिनाश बोहोरा, प्रतिश जिसी र रहेका छन् । भुर्तेल फर्कदा अनिल शाह बेञ्चमा बसेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७