नेपाल र नेदरल्याण्डसले टी–२० सिरिजको फाइनल खेल्ने


२० फाल्गुन २०८०, आईतवार
can.jpg 16

काठमाडौं । नेपाल र नेदरल्याण्डस जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा पुगेका छन् । आइतबार नामिबिया र नेदरल्याण्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक–एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डस फाइनल खेल्ने भएका हुन् ।

नेदरल्याण्डसको ४ खेलमा ५ अंक भएको छ भने नेपालको ४ खेलमा ४ अंक रहेको छ । त्यस्तै नामिबियाको ४ खेलमा ३ अंक मात्र रहेको छ । अब नेपाल र नेदरल्याण्डसबीचको फाइनल खेल त्रिवि मैदानमा मंगलबार हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७