साफ यू–१६ महिला फुटबल च्याम्पियनसिप : आज नेपाल र भुटानबीच भिडन्त


२१ फाल्गुन २०८०, सोमबार
nepal bhutan

काठमाडौं । जारी साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज (सोमबार) नेपालले भुटानको सामना गर्दैछ । ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुनेछ । यसअघि सम्पन्न आ– आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हार व्यहोरेका छन् । भुटानले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७–० को हार व्यहोरेको थियो भने नेपालले बंगलादेशसँग २–० को हार व्यहोरेको थियो ।

यस प्रतियोगितामा नेपाल र भुटानसहित भारत र बंगलादेश गरी चार देशले भाग लिएका छन् । प्रतियोगितामा मंगलबार भारत र बंगलादेश खेल्दैछन् भने बिहीबार नेपाल र भारत तथा शुक्रबार बंगलादेश र भुटान खेल्ने तालिका रहेको छ । त्यसपछि शीर्ष दुई देशले आइतबार फाइनल खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७