प्रचण्ड सरकारमा सहभागी हुनेबारे जसपा ‘अनिर्णित’, वहुमत पार्टी सदस्य विपक्षमा


२३ फाल्गुन २०८०, बुधबार
Prachanda upendra yadav

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल नयाा गठबन्धनको सरकारमा सहभागी हुने÷नहुने विषयमा ‘अनिर्णयको बन्दी’ भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा निर्णय लिन बसेको कार्यकारीणी समितिको बैठक बिना निष्कर्ष सकिएको छ ।

‘जसपाको कार्यकारिणी समितिको बैठक सकियो तर प्रचण्ड सरकारमा जाने ‘नजाने कुनै निर्णय गर्न सकेन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘केही समय ‘पर्ख र हेर’ को अवस्था रहने भन्ने भएको छ ।’ उनका अनुसार बैठकले कुनै निर्णय लिन नसकेपछि सोही सन्देश बोकेर अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजेन्द्र श्रेष्ठ वालुवाटार लागेका छन् । प्रचण्ड सरकारलाई विश्वासको मत दिन र सरकारमा सामेल हुनेबारेमा सो पार्टीको बहुमत सदस्य बिपक्षमा उभिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७