देउवा–माधव नेपाल वार्तापछि रमेश लेखक भन्छन्–छलफल सकारात्मक छ, यसलाई निरन्तरता दिन्छौं


२३ फाल्गुन २०८०, बुधबार
ramesh lekhak
फाइल फोटो

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको छ । वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबीच भेटबार्ता भएपछि कांग्रेसले सो दावी गरेको हो । सो भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन् ।

‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र नेकपा एसका बीचमा सकारात्मक कुराकानी भएको छ, छलफललाइ निरन्तरता दिने गरी आजको कुराकानी सकिएको छ, जे होस छलफल सकारात्मक छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७