वर्षमान अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्रालयसहित एमालेबाट सरकारमा रघुवीरले नेतृत्व गर्ने


२३ फाल्गुन २०८०, बुधबार
Barshaman Raghubir

काठमाडौं । नयाँ सत्ता गठबन्धन निर्माणसँगै अर्थ मन्त्रालयको नेतृत्व नेकपा माओवादी केन्द्र र भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व नेकपा एमालेले गर्ने टुङ्गो लागेको छ । माओवादीका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का भएको छ । यस्तै भौतिक मन्त्रीमा एमालेका सचिव रघुवीर महासेठ निश्चित भएका छन् ।

एमालेबाट सरकारको नेतृत्व नै महासेठले गर्ने भएका छन् । सोमबार बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा टुङ्गो लागेको हो । भागबण्डा मिलेसँगै बुधबार साँझसम्म शपथ ग्रहणको तयारी भइरहेको छ । नयाँ मन्त्रीहरूको शपथ आजै साँझ ५ बजे गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७