सरकारमा जसपाको शर्त : मन्त्रिपरिषदमा न्यायपूर्ण बाँडफाँट, मधेस सरकारमा नेतृत्व ग्यारेन्टी


२३ फाल्गुन २०८०, बुधबार
upendra Yadav

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागिताका लागि दुई शर्त अघि सारेको छ । आज (बुधबार) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्रिपरिषदमा न्यायपूर्ण बाँडफाँट र मधेश प्रदेशमा मुख्यमन्त्रीको ग्यारेन्टीलाई सर्तको रूपमा अघि सारेको हो ।

यी दुई विषय सम्बोधन नभए सरकारमा सहभागिताको विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था आउने कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले बताए । मधेश प्रदेशमा अहिले जसपाकै नेतृत्वमा सरकार रहेको छ । तर, परिवर्तित राजनीतिक घटनाक्रमका कारण मधेश सरकारमा केन्द्रको वर्तमान सत्तागठबन्धनले मात्रै बहुमत पुग्ने अवस्था छैन ।

त्यसमा लोसपा, जनमत वा एकीकृत समाजवादीले समर्थन गर्नुपर्ने अवस्था छ । अर्कोतर्फ जनमत पार्टीले पनि मधेशको मुख्यमन्त्रीलाई सरकारमा सहभागिताका लागि शर्तको रूपमा अघि सारेकाले पनि जसपाले अहिले नै सुनिश्चितता खोजेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७