जसपा उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने, अरु को–को बन्दैछन् मन्त्री ?


२४ फाल्गुन २०८०, बिहीबार
upendra Yadav

काठमाडौँ । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमै सरकारमा जाने भएको छ । आज (बिहीबार) बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । जसपाका प्रमुख सचेतक प्रदीप यादवका अनुसार उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बन्ने छन् ।

त्यस्तै सुशीला श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने निर्णय भएको छ । प्रदीप यादव र नवलकिशोर साह सुडीमध्ये एक जना वनमा पठाउने केन्द्रीय कार्यकारिणी समितिको निर्णय भएको छ । प्रदीप यादवले भने, ‘अध्यक्ष ज्यूको नेतृत्वमा जाने निर्णय भयो । एक जना राज्यमन्त्री र एक जना अर्को मन्त्री अध्यक्षले नै टुंग्याउने जिम्मेवारी दिइएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७