चालकले तेल नउठाएपछि राजधानीका पम्पहरु बन्द


२२ जेष्ठ २०७५, मंगलवार
0 Shares
1528100462petrolium

काठमाडौं, २२ जेठ । ट्याङ्कर चालकले तेल बोक्न नमानेपछि राजधानीलगायत आसपास क्षेत्रका पेट्रोल पम्प बन्द छन् । पेट्रोलियम पदार्थको ढुवानी गर्ने क्रममा रक्सौल नाकाका भारतीय प्रहरीले दुब्र्यब्यवहार गरेको भन्दै चालकले दुई दिनयता तेल बोकेका ट्याङ्कर चलाउन मानेका छैनन् ।1528100462petrolium

भारतीय प्रहरीले कुटपिट गरेको भन्दै चालकहरुले रक्सौल नाकाबाट तेल उठाएका छैन्न भने थानकोट र अमलेखगञ्ज डिपोबाट समेत पम्पहरुसम्म ढुवानी गरेका छैनन् । यस कारण राजधानीका अधिकांश पम्प तेल नभएर बन्द गर्नुपरेको नेपाल पेट्रोलियम डिलर एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिएका छैन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रधानले आइतबार चालकको हड्ताल, शनिबार सार्वजनिक बिदा परेको हुँदा तेल अभावको समस्या देखिएको बताए । त्यस्तै शनिबार मूल्य बढाउने तयारीमा रहेको निगमले शुक्रबार पम्पहरुलाई पठाउने तेलको अनुपात घटाएका कारण पनि पम्पहरुमा तेल अभाव भएको प्रधानको दाबी छ । ‘चालकको हड्तालका कारण तेल लोडरअनलोड हुन सकेको छैन, हामीसँग भएको तेल बेचिसक्यौं । त्यसैले तेल नभएका कारण पम्प बन्द भएका हुन्’, प्रधानले भने ।

नेपाल आयाल निगमले भने चालकसँगको हड्ताल सोमबार दिउँसोबाट अन्त्य भएसँगै तेल लोडिङको कार्य शुरु भइसकेको बताएको छ । निगमका प्रवक्ता बीरेन्द्र गोइतले चालकहरुले हड्ताल छाडेर काममा फर्किसकेको भन्दै नियमित ढुवानी शुरु भइसकेको बताए । ‘आपूर्ति मन्त्रलायलाई चालकहरुले ब्योहर्नुपरेको समस्याका बारेमा अवगत गराएका छौं । मन्त्रालयले भारतीय प्रशासनसँग समन्वय गरेर स्थिति सहज बनाएपछि चालकहरु नियमित काममा फर्किसकेका छन्’, गोइतले भने । काठमाडौं उपत्यकामा मात्रै हरेक दिन ५ लाख लिटर पेट्रोल तथा ९ लाख लिटर डिजेलको माग हुने गरेको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७