पार्किङमा राखिएको स्कुल बसमा आगलागी, प्रहरीले थाल्यो अनुसन्धान


२६ फाल्गुन २०८०, शनिबार
school bus

दाङ । दाङमा पार्किङमा राखिएको स्कुल बसमा आगलागी भएको छ । गढवामा अवस्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलको बसमा शुक्रबार राति अचानक आगलागी भएको हो ।

बस गढवा गाउँपालिका–२ बघमरुवा निवासी अर्जुन योगीको घरको आँगनमा पार्किङ गरिएको थियो । लु १ क ५३३५ नम्बरको स्कुल बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी निरीक्षक नवीन वलिले जानकारी दिएका छन् । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

पार्किङमा रहेको बसमा एक्कासी आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । गढवा गाउँपालिकाको दमकल, प्रहरी तथा स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको थियो । राति साढे १० बजेतिर बसमा आगलागी भएको प्रिन्सिपल दीपककुमार यादवले जनाएका छन् । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७