पार्टीलाई आत्मनिर्भर बनाउन विप्लवले थाले जुम्लामा स्याउ खेती


२६ फाल्गुन २०८०, शनिबार
Biplaw 1

जुम्ला । तराईमा धान खेती गरिरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जुम्लाको चन्दननाथ–२ हाडुल्लेमा हिजोदेखि स्याउको बोट रोप्न थालेका छन् । त्यहीबेला विप्लवले तीन बर्षभित्र पार्टीलाई आत्मनिर्भर बनाउँदै चन्दामुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विप्लवले भने, ‘क्रान्ति गर्नु मात्र ठूलो कुरा होइन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न सकेनौँ, आज क्रान्तिप्रति वितृष्णा छ, विचलनता देखिएको छ, यसलार्ई चिर्न नेकपाले नवौं महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति अगाडि बढाएको छ ।’

biplaw

नेकपा तराईमा धान, तोरी तरकारी, पहाडमा फलफूल र हिमालमा जडिबुटी उत्पादन अभियानमा रहेको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले जानकारी दिएका छन् । कार्यक्रममा सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले विप्लवले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकारात्मक भएको भन्दै यो नेकपाको योजना मात्र नभएर सबैको योजना भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७