बैठककै बेला पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुरमोहन श्रेष्ठ


२७ फाल्गुन २०८०, आईतवार
rpp kutpit

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा कुटाकुट भएको छ । अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर आज (बुधबार) राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको हो । कुटपिटमा परेका श्रेष्ठ सशस्त्र प्रहरीका पूर्व एआईजी समेत हुन् । धुम्वाराहीस्थित पार्टी कार्यालयमा कार्यसम्पादन समिति बैठक सकिएर नेताहरु निस्किने क्रममा उनीमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएको छ ।

rpp jhadap1710055063

भाग्दै गरेको अवस्थामा केही व्यक्तिहरूले लखेट्दै उनलाई कुटपिट गरेका हुन् । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उनीमाथि हातपात गरेका हुन् । पार्टीको कार्यसम्पादन समितिको आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको थियो । उक्त बैठकमा पार्टी अनुशासनका विषयमा छलफल चलिरहँदा श्रेष्ठले आफ्नो भनाइ राखेका थिए ।

t
फाइल फोटो

उनले बोल्ने क्रममा भ्रष्टाचारको प्रसंग उठाए र महामन्त्री पाण्डेलाई सिधै ‘भ्रष्टाचारी’ भनिदिए । त्यसपछि बैठक तनावपूर्ण बनेको थियो । कुटपिट हुँदा राप्रपा उपाध्यष रवीन्द्र मिश्र नेताहरु विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, दीपक सिंह लगायत घटनास्थलमै देखिएका छन् । यो घटनाका सम्बन्धमा राप्रपाले केही बताएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७