यी हुन् मन्त्रिपरिषद बैठकले गरेका पाँच निर्णय (सूचीसहित)


२८ फाल्गुन २०८०, सोमबार
cabinet
फाइल फोटो

काठमाडौँ । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

हेर्नुस् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

१) मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी देहायका व्यक्तिहरुलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सम्माननीय राष्ट्रपति ज्यू समक्ष सिफारिस गर्ने ।

क) श्री सुमित्रा भण्डारी– मधेश प्रदेश ।
ख) श्री डिल्लीराज भट्ट– गण्डकी प्रदेश ।
ग) श्री नजिर मियाँ– सुदूरपश्चिम प्रदेश

२) मन्त्रिपरिषद्का समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न देहायबमोजिम संयोजक तोक्ने ।
क) राजनीतिक समिति– सम्मानीय प्रधानमन्त्री
ख) आर्थिक पूर्वाधार समिति– माननीय उपप्रधानमन्त्रीरभौतिक पूर्वाधार तथा यातायात मन्त्री
ग) विधेयक समिति– माननीय उपप्रधानमन्त्रीरगृह मन्त्री
घ) प्रशासन समिति– माननीय उपप्रधानमन्त्रीरपरराष्ट्र मन्त्री
ङ) सामाजिक समिति– उपप्रधानमन्त्रीरस्वास्थ्य तथा जनसंख्या मन्त्री

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७